मन्त्रिपरिषद् विस्तारमा देउवाकाे जाेड, नेता नेपाल अझै स्पष्ट भएनन्

काठमाडौँ - सरकार सञ्चालन तथा मन्त्रिपरिषदको विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको छ । छलफलमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी थिए । सर्वोच्च अदालतको फैसलापछि नेपाल यसरी बैठकमा सहभागी भएका थिएनन् ।
देउवा प्रधानमन्त्री भएपछि नेपाल पहिलोपटक बालुवाटार पुगेर गठबन्धनको छलफलमा सहभागी भएका हुन् । यसअघिका बैठकमा उनले आफ्नो प्रतिनिधि पठाएका थिए ।
प्रधानमन्त्री देउवाले राखेको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए ।
देउवाले छलफलको क्रममा आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयलाई बढी जोड दिएका थिए । उनले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुने बताएका थिए । सबैले आफ्नो भागमा परेको संख्या अनुरुपको नाम छिटो दिन पनि उनले आग्रह गरेका थिए । देउवाकाे जोड माधव नेपाल समूहलाई पनि सरकारमा ल्याउनेमा छ ।
छलफलमा राजनीतिक दलबारेको कानुनी प्रावधान लगायतको विषयमा पनि छलफल भएको जानकारी वालुवाटार श्रोतले दियो । बैठकमा यसअलवा सत्ता गठबन्धन दिगो बनाउने, मन्त्रिपरिषद् विस्तार तयारी, समसामयिक राजनीतिक घटनाक्रम र छिमेक तथा शक्ति मुलुकको सरकारप्रतिको दृष्टिकोणलगायत विषयमा छलफल भएको थियो ।
यसअघि भएका गठबन्धनका बैठकमा नेता नेपाल उपस्थित हुने गरेका थिएनन्। उनले प्रतिनिधिको रूपमा विजय पौडेललाई पठाएका थिए ।
बैठकमा मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री देउवाले प्रस्ताव राखेका थिए । अन्य दलहरूले भागवण्डाबारे कुरा गरे पनि नेपालले भने सरकारमा सहभागी हुने/नहुनेबारे स्पष्ट बताउन सकेनन् ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया