ब्राउन सुगरसहित तीन जना पक्राउ

नेपालगञ्ज : बाँके प्रहरीले दुई भारतीय नागरिकसहित ३ जनालाई ४३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगरसहित शुक्रबार राती नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । लागू औषध नियन्त्रण व्यूरो नेपालगञ्ज, वडा प्रहरी कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले प्राप्त गरेको सुचनाको आधारमा शुक्रबार राती ८ बजे नेपालगञ्ज–१२ कोरियनपुर दिव्य खड्काको ३ तले घरबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
नेपालगञ्जमा भाडामा कोठा लिएर अबैध लागू औषधको कारोबार गर्दै आएका भारतको बहराईच जिल्ला कोतवाली नानपारा बाईपासका २८ वर्षिय सलमान खान, भारत लखनउ कोतवाली घर भएका २८ वर्षिय मुस्तकिम सिद्दिकी र नेपालगञ्ज–११ टाँगास्टेशन बस्ने वर्ष २१ को आजाद कबडियालाइ ब्राउन सुगर सहित नियन्त्रणमा लिएको बाँकेका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए ।
प्रहरीले उनीहरु बस्ने कोठामा खोजतलास गर्दा सलमानले लगाएको पाइन्टको अगाडिको पकेटबाट ४३ ग्राम १ सय ५० मिलिगाम ब्राउन सुगर र डिजिटल तराजु ३ थान विभिन्न ब्राण्डका मोबाईलसमेत बरामद गरेको थियो ।

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

प्रतिक्रिया