ट्राफिक भवनको शिलान्यास

काठमाडौँ : महानगरीय ट्राफिक प्रहरी प्रभाग बल्खुको भवन शिलान्यास गरिएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु हाइटमा रु ३५ लाख लागतमा निर्माण गरिन लागेको भवनको आज महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शिलान्यास गरे ।
कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले नागरिकको साथ सहयोग र मायाले नै ट्राफिक प्रहरी अगाडि बढ्ने बताए । “समाजमा प्रहरीले गरेको योगदान र माया स्वरूप हामीले नयाँ भवन प्राप्त गर्दैछौँ, समाजप्रति झन् उत्तरदायी र सशक्त रूपमा अगाडि बढ्न र नागरिकले गरेको माया सद्भावनाले ठूलो उत्प्रेरित गरेको छ”, उनले भने ।
सडक दुर्घटना न्यूनीकरणदेखि सामाजिक अपराध न्यूनीकरणमा नागरिक प्रहरीको सहकार्य उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो । ट्राफिक प्रहरीको कामकाज सहज बनाउनका लागि कुमारी क्लबको संयोजनमा र स्थानीयवासीको सहयोगमा उक्त भवन निर्माण गर्न लागिएको हो ।
महाशाखा प्रमुख भट्टराईले उपत्यकाको ट्राफिक व्यवस्थापन विगतको भन्दा धेरै कुरामा सहज भएको उल्लेख गरे । भवन निर्माण समितिका अध्यक्ष मोहनकुमार बस्नेतले समाज प्रहरी दुवैको सहकार्यबाट समाजमा शान्तिसुरक्षा कायम हुने बताए । “जहाँ प्रहरी हुन्छ, त्यहाँ शान्ति सुरक्षा हुन्छ”, उनले भने ।
कार्यक्रममा वडा नं १४ का सदस्य एवं कार्यपालिका सदस्य रश्मी खड्का, महानगरीय प्रहरीवृत्त कालिमाटीका प्रमुख अपिलराज बोहोरा, स्थानीय समाजसेवी दिपेन्द्र केसी, महानगरीय ट्राफिक प्रहरीवृत्त कलङ्कीका प्रमुख शङ्खर खड्कालगायतको उपस्थिति थियो । उक्त भवन एक भान्साकोठासहित चारकोठे हुनेछ । रासस

आज पनि कर्णाली र सुपबाहेक अन्य प्रदेशमा पानी पर्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

स्याउ बोकेको कन्टेनरमा केरुङबाट ल्याइँदै थियो ७ किलो ६५३ ग्राम सुन !

जबरजस्ती करणी गरेको अभियोगमा वृद्धा पक्राउ

पोल्याण्ड र बुल्गेरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

लमजुङको गुरुङ बस्तीमा घाटु रौनक

‘रोल्पा: टुरिजम् फर पिस’ फोटो प्रदर्शनी हुँदै

प्रतिक्रिया