ओली किन सहभागी भएनन् युथफोर्सको भ्याली कमाण्ड घोषणामा

काठमाडौँ - एमालेको साइवर सेनाको दस्ताका रूपमा पटक-*पटक प्रस्तुत भइसकेको युथफोर्सको भ्याली कमाण्ड घोषणासभामा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी भएनन् । आन्तरिक एकता कायम गर्न सक्रिय नेताहरूको आग्रहपछि उनी रोकिएको एक नेताले बताए । ओलीले अन्तिम समयसम्म पनि सभामा जाने बताएका थिए । उनी सहभागी नभएपछि कार्की पार्टी प्यालेसमा प्रमुख अतिथिको रूपमा महासचिव ईश्वर पोखरेल सहभागी भएका छन् ।
लामो लाइनसहित सहभागी भएका युवाहरूले ओली पार्टीको कामले आउन नसकेको बताइरहेका थिए । त्यहाँ युथफोर्सको भ्याली कमाण्ड घोषणा भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्ने वातावरण मिलाउने काम भइरहेकाले युथफोर्सको भ्याली कामण्डको बैठककम उपस्थित नहुन नेताहरूको आग्रह ओलीले स्वीकार गरेका हुन् । माधव नेपालसँग वार्ता हुन सकेमा पार्टी जोगिने अन्य नेताहरुको बुझाइ छ ।
यो कार्यक्रममा अोलीको उपस्थिति रहने भन्दै प्रचार गरिएको थियो । र्यालीका व्यानरमा ओलीका तस्बिरहरू छन् । ओली र नेपाल तथा झलनाथ खनाल पक्षको कटाक्ष चलिरहेको छ । ओली पक्षले युथफोर्सलाई ब्युँताएपछि नेपाल पक्षले अखिल फोर्स बनाएको छ । बिहीबार मात्रै नेपाल पक्षले नै पिपुल्स भोलेन्टियरको घोषणा गरेको थियो । भक्तपुरमा नेता नेपालकै उपस्थितिमा हजार जानाको पिपुल्स भोलेन्टियर घोषणा भएको हो ।
पार्टी भित्रको विवाद चर्किदै जाँदा एकअर्काको काउन्टरमा घोषणा भइरहेका यस्ता दस्ताले सहमतीमा धमिरा लगाउने निश्चित झै देखिन्छ । अखिल युवा संघ जस्ता संगठनलाई ओझेलमा परेर गठन गरिएका संगठनको औचित्य नहुने धारणा एमाले नेताहरूकै छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया