कांग्रेस महाधिवेशन : सदस्यता छानबिन समितिले माग्यो दुई दिन
छानबिन प्रतिवेदन आएपछि वडा अधिवेशनको नयाँ मिति तोकिने

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रयोजनार्थ गठित क्रियाशील सदस्यता छानबिन समितिले ‘सदस्यता छानबिन प्रतिवेदन’ बुझाउन दुई दिन समय मागेको छ । आज बसेको पदाधिकारी पूर्वपदाधिकारी बैठकमा छानबिन समितिका संयोजक रमेश लेखकले दुई दिनको समय मागेको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।
‘क्रियाशील सदस्यता छानबिन समितिले दुई/तीन दिनमा प्रतिवेदन बुझाउने जानकारी गराएको छ,’ महामन्त्री खड्काले इकागजसँग भने, ‘सदस्यताबारे टुंगो लागिनसकेकाले साउन १२ गतेका लागि तय वडा अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।’
स्रोतका अनुसार छानबिन समितिलाई मंगलबारसम्म जसरी भए पनि सदस्यतासम्बन्धी प्रतिवेदन बुझाउन भनिएको छ ।
प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी पूर्वपदाधिकारी बैठकमा पार्टी अधिवेशन, क्रियाशील सदस्यता, निर्वाचन समितिसँग छलफलबारे कुराकानी भएको महामन्त्री खड्काले जानकारी दिए ।
छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी फाइल बुझाएपछि पार्टीको निर्वाचन समितिसँगको परामर्शमा नयाँ वडा र अन्य अधिवेशनको कार्यलालिका सार्वजनिक गरिने महामन्त्री खड्काले जानकारी दिए ।
बैठकमा सदस्यतासम्बन्धी विषयलाई लिएर पार्टी केन्द्रीय कार्यालयमा भइरहेका अनसनबारे पनि छलफल भएको थियो ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया