कांग्रेस १४औं महाधिवेशन : वडा अधिवेशन स्थगित

काठमाडौँ - नेपाली कांग्रेसले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले समय अभाव र कोभिड संक्रमणका कारण पूर्वनिर्धारित वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी वडा तहको अधिवेशनलाई स्थगन गर्ने सहमति भएको उनको भनाइ छ । उनले साउन १२ गते बिहान ९ बजे क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन हस्तान्तरण गर्ने र त्यसपछि मात्रै वडा तहको मिति तय गर्ने बताए । उनले अधिकांश क्रियाशील सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको र प्रतिवेदन हस्तान्तरण गर्नुपूर्व सवै स्थानको क्रियाशिल विवाद समाधान हुने दाबी गरे।
बैठकमा पार्टी सभापति देउवाले क्रियाशील सदस्यता विवाद छिटो टुङ्ग्याउन निर्देशन दिएका थिए । प्रवक्ता शर्माले आगामी भाद्रमा तोकिएको पार्टीको केन्द्रीय महाधिवेशन हुने बताए । कांग्रेसले १४औं महाधिवेशन भदौं १६ देखि काठमाडौंमा हुने गरी तोकिएको छ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया