४२ करोड भारतीय नागरिकले लगाए खोप, पछिल्लो २४ घण्टामा मात्रै खोप लगाउनेको संख्या ५४ लाख ७६ हजार

एजेन्सी - भारतमा अहिलेसम्म ४२ करोड ३४ लाख १७ हजार ३० जनालाई कोभिड-१९ विरुद्धको खोप लगाइएको छ । ती मध्ये ३३ करोड ३९ लाख ४५ हजार १५१ जनाले खोपको पहिलो मात्रा मात्रै लगाएका छन् भने अरु आठ करोड ९४ लाख ७१ हजार ८७९ जनाले दुवै खोप लगाएका छन् ।
भारतमा पछिल्लो २४ घण्टामा देशभरी कुल ५४ लाख ७६ हजार ४२३ जनालाई कोभिड-१९विरुद्धको खोप लगाइएको छ ।
भारतमा कोभिड-१९ बाट थप ३५ हजार ३४२ जना कोभिड-१९बाट संक्रमित भएका छन् । त्यसैगरी पछिल्लो एक दिनमा अरु ३८ हजार ७४० भन्दा बढी कोभिड-१९बाट सङ्क्रमणमुक्त भएको अधिकारीहरुले जनाएका छन् । नयाँ संक्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय संक्रमितहरुको कुल सङ्ख्या घटेको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा अहिले सक्रिय अवस्थामै रहेका संक्रमितहरुको सङ्ख्या चार लाख पाँच हजार ५१३ रहेको छ । भारतमा कोभिड-१९बाट कुल मृतकको सङ्ख्या अहिलेसम्म चार लाख १९ हजार ४७० पुगेको अधिकारीहरुले जनाएका छन् । ती मध्ये ४८३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया