हेरात प्रान्तलाई अफगान सरकारको फेरि नियन्त्रण लियो

एजेन्सी- अफगानिस्तानका सरकारी सेनाले शुक्रबार अफगानिस्तान पश्चिमी हेरात प्रान्तको कारुख जिल्लालाई पुनः कब्जा गरेको प्रान्तीय सरकारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ । उक्त विज्ञप्तिकाअनुसार आक्रमण शुक्रवार सबेरै शुरू गरिएको थियो । अफगानी सुरक्षाबलले केही घण्टाभित्र आक्रमणकारी समूहलाई त्यहाँबाट धपाउन सफल भएको बताएको छ ।
सरकारले पुनः कब्जा गर्ने क्रममा भएको सुरक्षा कारबाहीमा १८ तालिवान लडाकू मारिनुको साथै अन्य २० जना घाइते भएका विज्ञप्तिमा बताइएको छ । उक्त क्षेत्रमा विद्रोहीविरूद्धको कारबाही जारी रहने सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । गत एक महिना यता हेरात प्रान्तमा एक दर्जन भन्दा बढी जिल्ला ओगटेका अफगान तालिवान समूहले कारुख जिल्लाको अवस्थाबारे अझै टिप्पणी गरिसकेको छैन ।
अफगानिस्तानबाट अमेरिकी सेनाको नेतृत्वमा रहेका सेना फिर्ता सुरु भएदेखि नै तालिबानी समूहले ओगटेका सबै जिल्ला फिर्ता गर्न सरकारी सेनाले चाँडै नै कारबाही सुरु गर्ने अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता फवाद अमनले बताए ।

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया