वैदेशिक रोजगारीमा जानेहरूको खोप कार्ड प्रमाणीकरण यी चार अस्पतालमा हुँदै

काठमाडौँ – वैदेशिक रोजगारीमा जाने नपाली कामदारले खोप लगाएपछि उपत्यकाको चार वटा अस्पतालमा खोप कार्ड प्रमाणीकरण हुने भएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, बानेश्वरको सिभिल अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र ललितपुरको पाटन अस्पतालमा खोप लगाएको प्रमाणीकरण पाउने भएका हुन् ।
खोप महशाखाका प्रमुख डा. झलक शर्माका अनुसार एउटा अस्पतालमा खोप प्रमाणीकरण गर्दा बढी भिडभाड हुने भएकाले अन्य तीन अस्पताल थपिएको हो । खोप प्रमाणीकरण गर्ने अस्पताल थपेपछि भिडभाड कम हुने उनले विश्वास व्यक्त गरे । यसअघि टेकुको शुक्रराज ट्रपिकल अस्पतालमा मात्र खोप कार्डको प्रमाणीकरण हुँदै आएको थियो । उपत्यकाको जुनसुकै खोप केन्द्रमा खोप लगाए पनि प्रमाणीकरण गर्न टेकु अस्पतालमा जानुपर्ने व्यवस्था थियो ।
वैदेशिक रोजगारमा जानेले जोनसन एण्ड जोनसको 'जान्सिन' खोप लगाएका थिए । रोजगार गन्तव्य मुलुकले खोप अनिवार्य गरेकाले खोप लगाउनेको भिड र खोप लगाएमा क्वारेन्टीन बस्ने झन्झटबाट मुक्त हुनेछन् । खोप नलगाएमा सम्बन्धित मुलुकमा पुगेर होटल क्वारेन्टीन बस्नुपर्ने व्यवस्था छ ।

टिकटकले किशोर-किशोरीहरूको सुरक्षाका लागि नेपालमा सुरु गर्यो ‘फ्यामिली पेयर…

लन्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढी लाभान्वित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन सम्पन्न, पारस मणि मिश्र अध्यक्षमा …
एनआरएनए एकता महाधिवेशन वैशाख २० गतेदेखि

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

प्रतिक्रिया