राष्ट्रपतिका रुपमा सी चिनफिङ पहिलो पटक तिब्बतमा

काठमाडौँ- चीनका राष्ट्रपति सी चिनफिङले गत बुधबार र बिहिबार स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेका छन् । राष्ट्रपतिको हैसियतमा चिनफिङको यो पहिलो तिब्बत भ्रमण हो । चिनफिङले पछिल्लो पटक सन् २०११ मा तिब्बत भ्रमण गरेका थिए । त्यसबखत उनी उप-राष्ट्रपति थिए ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति चिनफिङ बुधबार हवाइजहाज मार्फत न्यान्ची सहर पुगेका थिए । त्यहाँबाट रेलमा चिनफिङ तिब्बती राजधानी ल्हासा पुगे । सिचुवानबाट तिब्बतसम्म सञ्चालन सो रेल अत्यन्तै ठूलो उचाई हुँदै गुड्छ ।
ल्हासामा चिनफिङले पोताला दरबार सहित विभिन्न गुम्बाको भ्रमण गरेको बताइएको छ । पोताला दरबारलाई दलाई लामाको निवास मानिन्छ । जो हाल भारतमा निर्वासित जीवन बताइरहेका छन् । उनलाई बेइजिङ पृथकतावादी मान्छ ।
भारतसँग सीमा जोडिएको तिब्बतको भ्रमण गर्दा चिनफिङसँग जेनरल झाङ युसिया पनि थिए । झाङ चीनको केन्द्रिय सैन्य परिषदका उपाध्यक्ष हुन् । चीनको समग्र सैन्य फौजको नेतृत्व गर्ने सो परिषदको अक्ष्यक्ष चिनफिङ आफैँ हुन् ।
रणनीतिक महत्वको तिब्बत भ्रमणमा राष्ट्रपति चिनफिङ र जेनरल झाङसँगै रहनुलाई चासोका रुपमा हेरिएको छ । गत वर्ष (सन् २०२०) मा तिब्बतका विभिन्न भागमा चिनियाँ र भारतीय फौज आपसमा भिडेका थिए ।
सन् १९५० देखि नै तिब्बत चीन मातहत छ । चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत आफैँ चीनमा समाहित भएको मान्छ । पछिल्लो समय चीनले तिब्बतमा सैन्य उपस्थितीलाई थप मजबुत बनाउँदै लगेको छ । सिन्ह्वाको सहयोगमा

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया