आफ्नै सालीलाई लिएर फिल्म बनाउने तयारीमा थिए राज कुन्द्रा

मुम्बई : पोर्न फिल्म बनाउने र र एप्समार्फत् बाँड्ने गरेको अभियोगमा मुम्बई प्रहरीले राज कुन्द्रालाई हिरासतमा लिएको छ । राज कुन्द्रामाथि प्रहरीले अनुसन्धान चलाइरहँदा थुप्रै मुद्दा सतहमा आएका छन् ।
पोर्न फिल्ममा काम गरिरहेका केहीले राज कुन्द्राले ब्ल्याकमेल गरेको आरोप लगाइरहेका छन् त केहीले हिरोइन बनाइदिने आश्वासन दिएर पोर्न फिल्म खेल्न बाध्य पारेको आरोप लगाइरहेका छन् ।
तर, यस्तै पोर्न र्याकेट चलाएको आरोपमा प्रहरी खोरमा पुगेकी अभिनेत्री गहना वासिष्ठले भने राज कुन्द्राले आफ्नै साली समिता सेठ्ठीलाई लिएर फिल्म बनाउन लागेको र यो फिल्मसँगै नयाँ एप लन्च गर्ने तयारी गरेको बताएकी छिन् ।
तर, उनले राज कुन्द्राले बनाउन लागेको फिल्म पोर्न नै हो कि अर्को फिल्म हो त्यो भने खुलाएकी छैनन् । ‘म समातिनु अघि राजको अफिसमा गएको थिएँ । त्यहाँ उनले बलिफ्लेम नामको एप लन्च गर्ने र यसका लागि फिचर फिल्मसँगै रियालिटी सोको पनि निर्माण गर्ने कुरा भएको थियो,’ उनले नवभारत टाइम्ससँगको कुराकानीमा भनेकी छिन्, ‘ एउटा फिल्ममा चैं समितालाई खेलाउने कुरा भएको थियो र समिताले पनि सहमति दिएकी थिइन् ।’
प्रहरीले राजलाई ४ दिनअघि मात्र समातेको थियो । समिता सेठ्ठीले भने ‘जहर’, ‘दस’ जस्ता सफल फिल्ममा काम गरेकी छिन् । तर, पछिल्लो समय भने बलिउडमा कामविहीन थिइन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया