सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

२५ हजारभन्दा बढी भुक्तानी नपाउँदा बैंकमा सेवाग्राहीलाई सास्ती

जाजरकोट - पछिल्लो समय जाजरकोटका बैंकमा सर्वसाधारणको भीड लागेको छ । गाउँ गाउँबाट आएका सर्वसाधारण पैसा लिन आएपछि जाजरकोटको कृषि विकास बैंकमा सर्वसाधारणको भीड लागेको हो । 

गाउँका बैंकमा रकम नभएपछि सदरमुकाम स्थित कृषि विकास बैंकमा रकम लिनका लागि बिहीबार सर्वसाधारण जम्मा भएका हुन् । यहाँ पनि २५ हजार भन्दा बढी रकम भुक्तानी नहुँदा समस्या भएको स्थानीयको गुनासो छ ।