कर्णालीका नेताले भेटे प्रधानमन्त्री

काठमाडौं : कर्णाली प्रदेशबाट आएका नेताहरुले प्रधानमन्त्री केपी ओलीलाई भेटेका छन् । शनिबार दिउँसो बालुवाटारमा प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका प्रदेश सह-इन्चार्ज प्रकाश ज्वाला तथा यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा, चन्द्रबहादुर शाही लगायतका नेताहरुले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
प्रदेशका नेताहरुसँग प्रधानमन्त्री ओलीले प्रदेशमा देखिएको विवाद केन्द्रबाटै मिलाउने बताए । कर्णालीमा भएको विवादबारे केन्द्रमा छलफल भइरहेको र यस विषयमा छिट्टै केही निष्कर्ष निस्किनेसमेत प्रधानमन्त्रीले प्रस्ट पारे ।
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने बालुवाटारको उक्त छलछलमा गएका थिएनन् । यसअघि शुक्रबार दाहालले आफ्नो निवास खुमलटारमा कर्णालीका नेताहरुसँग छलफल गरेका थिए ।
असोज १५ गते कर्णाली प्रदेशका सांसदहरुले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सत्तारुढ दल नेकपाकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि त्यसको प्रभाव केन्द्रमा पनि देखिएको थियो ।
कर्णाली प्रदेशको विवाद अन्य प्रदेशमा पनि सर्ने देखिएपछि नेकपा हेडक्वाटरले प्रदेश नेतृत्वलाई केन्द्रमा बोलाएको थियो । २७ पत्र पठाएर हेडक्वाटरले प्रदेशका नेताहरुलाई केन्द्रमा बोलाएको हो ।
प्रदेशका नेताहरु २८ गतेदेखि काठमाडौं आउन थालेका हुन् । प्रदेशका असन्तुष्ट नेताहरुले प्रधानमन्त्री ओलीसामु गुनासाहरु पोखेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । केन्द्रले गरेको निर्णय मान्न प्रदेश नेतृत्व तयार हुनुपर्ने प्रधानमन्त्री ओलीले प्रस्ट पारेका थिए ।

एमाले संसदीय दलको बैठक बस्दै

नीति तथा कार्यक्रमबारे सांसद शाहीः ‘टोले गुण्डाको चन्दा उठाउने सम्झौताको खोस्ट…

प्रधानमन्त्रीसँग अजरबैजानका उपविदेशमन्त्रीको शिष्टाचार भेट

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

नीति तथा कार्यक्रममा स्वर्णिम वाग्लेको प्रतिक्रियाः थाकेको अल्छि सरकारको बासी का…

नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेनः पूर्वसभामुख सापकोटा

सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको : ध्रुवबहादुर प्रधान

प्रतिक्रिया