मध्यपश्चिम विश्वविद्यालयमा तालाबन्दी

सुर्खेत - संयुक्त विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको छ । आफूहरूको १८ बुँदे मागप्रति क्याम्पस प्रशासन उदासीन रहेको भन्दै बिहीबार सयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको हो ।
माग सम्बोधन गर्न माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालय, भिसी कार्यालय, रजिस्ट्रार कार्यालय सम्पूर्ण डिन कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, शिक्षा शास्त्र संकाय, विज्ञान तथा प्रविधी संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय, ल क्याम्पस र इन्जिनियरिङ संकायमा अनिश्चितकालीन तालाबन्दी गरिएको अनेरास्ववियू (क्रान्तिकारी)की नेतृ ममता अधिकारीले जानकारी दिइन् । उनले विद्यार्थीको भविष्यमाथि विश्वविद्यालयले खेलवाड गर्न खोजेकोे समेत आरोप लगाइन् । विश्वविद्यालय प्रशासनले विद्यार्थीका मागलाई अझै सम्बेधन नगरेसशक्त आन्दोलन गर्ने चेतावनी दिइन । केहीदिन अघि संयुक्त विद्यार्थी संगठनलेनै विश्वविद्यालयका भिसीको पुत्लासमेत दहन समेत गरेको थियो ।

न्युमेरेसी विक २०२५’ सम्पन्नः गणित शिक्षामा एम्बार्क र प्रिमियरको सहकार्य
यी हुन् केयुका तीन ‘व्यवस्थापन कार्यक्रम’

डेनमार्कमा प्याब्सनको नेतृत्व विकास सेमिनार सुरू, ५४ जना सहभागी

सफ्टवेरिका कलेज अफ आईटी एण्ड इकमर्समा नवप्रवर्द्धन एवं आईटी मेला

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

प्रतिक्रिया