खोप कार्यक्रम सुस्त भएपछि अस्ट्रेलियाली प्रधानमन्त्रीले मागे माफी

काठमाडौँ- कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम सुस्त भएपछि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार आफ्ना नागरिकसँग माफी मागेका छन् । अस्ट्रेलियामा हाल प्रत्येक दिन एक लाख ५० हजार भन्दा कम डोज खोप लगाइँदैछ । जुन दर अन्य विकसित मुलुकमा भन्दा कम हो ।
अस्ट्रेलियाको सर्वाधिक जनसंख्या बस्ने न्यू साउथ वेल्समा कोभिड संक्रमणमा पर्नेको संख्यामा ह्वात्तै वृद्धी भएपछि अस्ट्रेलियाली सरकारको आलोचना भइरहेको छ । मंगलबार न्यू साउथ वेल्समा एक सय २४ संक्रमित फेला परेका थिए । जुन १६ महिना यताकै सर्वाधिक हो । अधिकांश संक्रमित सिड्नीमा फेला परेका हुन् । जहाँ पछिल्ला चार सातादेखि लकडाउन छ ।
गत वर्ष कोभिड महामारी नियन्त्रणमा सफल भएको भन्दै अस्ट्रेलियाको चौतर्फी तारिफ भएको थियो । तर डेल्टा भेरिएन्टले संक्रमितको संख्या बढाएपछि अस्ट्रेलिया फेरि प्रभावित बन्न पुगेको छ । जसकारण अस्ट्रेलियाका अधिकांश स्थानमा लकडाउन जारी गरिएको छ ।
‘सोचे अनुसारले खोप कार्यक्रम अघि बढ्न सकेको छैन । हामीले जति संख्यामा खोप लगाउनुपर्ने थियो, त्यसो गर्न सकेका छैनौँ । यसका लागि म माफी माग्न चाहन्छु,’ प्रधानमन्त्री मोरिसनले भनेका छन् । अस्ट्रेलियाले सन् २०२१ को अन्त्यसम्म सबै वयस्कलाई खोप लगाइसक्ने योजना बनाएको थियो । आगामी साता फाइजर र मोडेर्नाद्वारा विकसित र उत्पादित खोेपको लाखौँ मात्रा अस्ट्रेलिया आइपुग्ने र खोप लगाउने कार्यक्रमले तिब्रता पाउने अपेक्षा गरिएको छ । (रोयटर्सबाट)

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया