आइतबार २८ बैशाख, २०८२
Sunday, May 11, 2025

संसाक साहित्यिक सम्मान ६ जनालाई दिइने

फाइल फोटो

काठमाडौँ : संस्कृति, साहित्य र कलाको लेखन, प्रकाशन र प्रसारण गर्दै आएको संसाक मासिकले ‘संसाक साहित्यिक सम्मान–२०७८’ घोषणा गरेको छ । संसाक मासिकले हरेक वर्षझैँ यस वर्ष पनि समीक्षा, काव्य, कविता, मुक्तक, नियात्रा र शीत विधामा कलम चलाउँदै आएका स्रष्टालाई सम्मान गर्न लागेको हो । 

संसाकयात्री नियात्रा सम्मानबाट रञ्जुश्री पराजुली काठमाडौँ, संसाक अनामणि समीक्षा सम्मान अरुणबहादुर खत्री ‘नदी’ काठमाडौँ, संसाक भद्रकुमारी केसी मुक्तक, हाइकु सम्मान अमित घिमिरे सिन्धुपाल्चोक, संसाक तेज शोभा काव्य सम्मान रेनु थापा ‘मौनता’ काठमाडौँ, संसाक कर्ण शीत सम्मान देवेन्द्रराज शाक्य बुटवल र संसाक गोपालराज मैयादेवी पाण्डे साहित्य सम्मानबाट साहित्यकार मेनुका चापागाईं मोरङलाई सम्मान गर्न लागिएको हो । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका निवर्तमान अध्यक्ष तथा साहित्यकार राधेश्याम लेकालीको संयोजकत्वमा मुक्तककार जसध्वज गुरुङ र पद्यकन्या बहुमुखी क्याम्पसका उपप्राध्यापक अनुपमा रेग्मी सदस्य रहेको समितिले उक्त पुरस्कार तथा सम्मानका लागि स्रष्टाहरु चयन गरेको हो । सम्मान वितरण कार्यक्रमका लागि कोरोना भाइरसको अवस्थालाई ध्यानमा राखेर उपयुक्त समय र स्थानको छनोट गरिने संसाक मासिकका सम्पादक एवं प्रकाशक उमेश पाण्डेले राससलाई जानकारी दिए । रासस

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने सुजिता अधिकारी पक्राउ

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

सुत्नुअघि लगाउनु होस् यी पाँच चीज, बिहानै पाइनेछ छालामा चमक

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड

जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण होइन कारबाही गर (फोटो फिचर)

पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पनि जित्दैनन्' (फोटो फिचर)

भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढुक्क छु

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…