भारतमा थप ४२ हजार १५ नयाँ सङ्क्रमित

नयाँदिल्ली - भारतमा कोभिड-१९ बाट नयाँ ४२ हजार १५ जना सङ्क्रमित भएका संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १२ लाख १६ हजार भन्दा बढी पुगेको छ ।
भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ७ हजार १७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ४८९ जनाको मृत्यु भएको छ ।
तर महाराष्ट्र राज्यले कोरोना सङ्क्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्याङ्कमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना सङ्क्रमितको कारण मृत्यु भएकाको संख्या तीन हजार ९९८ भएको मन्त्रालयले बुधबार जानकारी दिएको छ ।
कोभिडबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार लाख १८ हजार ४८० पुगेको पनि सो मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३६ हजार ९७७ कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ९० हजार ७१० व्यक्ति कोरोना मुक्त भएका छन् ।
भारतको चिकित्सा अनुसन्धान परिषद्ले अहिलेसम्म कुल ४४ करोड ९१ लाख ५३ हजार २७३ जनाको स्वाब परीक्षण गरिएको छ । त्यसैगरी गत जनवरी १६ बाट भारतमा कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि अहिलेसम्म ४१ करोड ५४ लाख ७२ हजार ४५५ ओटा कोरोना भाइरसविरुद्धको खोप प्रयोग भएको छ । (रासस)

अमेजनका संस्थापक बेजोसको हुँदैछ भव्य विवाह, एक पाहुनाका लागि ७५ लाख खर्च
रुसी आक्रमणमा १२ युक्रेनीको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु, दर्जनौँ घाइते

ट्रम्पद्वारा युरोपेली वस्तुहरूमा ५० प्रतिशत भन्सार कर लगाउने चेतावनीप्रति युरोप…
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_wBCdP50Uv4_p7ovzsmlyxe93nzes5oml3pcxwrdn9uqxdq2mdr6wn1dgxkntbuzviqzgnwy.jpg)
चीनमा बाढीले मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

जुलाई १ देखि जर्मनी जान थप समस्या हुने

प्रतिक्रिया