अमेरिकाद्वारा रकेट आक्रमणको निन्दा

वासिङ्टन - अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भईरहेको समयमा राष्ट्रपति भवनलाई लक्ष्य गर्दै सो आक्रमण भएको थियो ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले मंगलबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्नु हुदै काबुलमा रहेको राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको निन्दा गरेका हुन् । संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा हिंसाको अन्त्य र शान्ति पुनस्र्थापनाको गर्न आह्वान गरिरहेको र हामी राजनीतिक बस्तीमा जानको लागि दु्रत मार्ग र हिंसा अन्त्यको लागि आह्वान गर्दछौं प्राइसले पत्रकार सम्मेलनमा भने ।
मंगलबार बिहान ईदको प्रार्थनाको क्रममा राष्ट्रपति भवननजिकैका क्षेत्रमा तीन रकेटहरु आक्रमण भएको जनाइएको छ । प्रवक्ताले अफगानिस्तानका जनता न्याय र स्थायी शान्तिको चाहनामा एकजुट रहेका र अमेरिका यसलाई कार्यान्वयन गर्नका लागि तयार रहेको बताएका छन् ।
ईदको नमाजपछि समारोहमा बोल्दै अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबानको निन्दा गर्दै उनीहरूसँग शान्तिको चाहना नभएको बताएका छन् । (रासस)

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया