चन्दलाई प्रधानमन्त्री देउवाको वचनः सहमति कार्यान्वयन गरिन्छ

काठमाडौँ - प्रधानमन्त्री शेरबहादर देउवाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन गर्ने वचन जनाएका छन् । बुधबार प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका चन्द नेकपाका नेताहरूसँग यस्तो प्रतिबद्धता जनाएका हुन् ।
प्रधानमन्त्री देउवालाई भेट्न चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा र सचिवालय सदस्य धमेन्द्र बास्तोला बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि नेता बास्तोलाले सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया जनाएको बताए । ‘हामीले सहमति कार्यान्वयन गर्नुपर्यो भन्ने कुरा राख्यौँ,’ उनले भने, ‘ल हुन्छ काम गर्छौ भन्ने जवाफ दिनुभयो । छलफल गरेर गरिन्छ भन्नु भयो ।’ सहमति कार्यान्वय गर्ने कुनै समयसीमा भने नतोकिएको उनले बताए ।
चन्द नेतृत्वको नेकपाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग तीन बुँदे सहमति गरेको थियो । सहमति भएको साढे चार महिनासम्म पनि प्रतिबन्ध फुकुवा गर्नेबाहेक बन्दी रिहाइ र मुद्दा फिर्ताबारे कुनै काम हुन सकेन ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया