चीनमा एक हजार वर्षयताकै ठूलो वर्षा

काठमाडौँ- बाढीका कारण चीनको हेनान प्रान्तमा कम्तीमा २५ जनाले ज्यान गुमाएका छन् । तीमध्ये एक दर्जनको प्रान्तीय राजधानी झेङझौउमा रहेको रेलको ‘सब–वे’मा छँदा मृत्य भएको हो । चिनियाँ अधिकारीहरूले हेनानमा भइरहेको वर्षालाई एक हजार वर्षयताकै सबैभन्दा ठूलो वर्षा भनेका छन् ।
वर्षका कारण झेङझौउमा रेल तथा सडक यातायात सञ्चालनमा अवरोध सिर्जना भएको छ । त्यस्तै, बाँध तथा जलाशयमा पानीको सतह अत्याधिक रुपमा बढेकाले स्थानीयलाई थप सतर्क रहन भनिएको छ । त्यस्तै, झेङझौउबाट करिब एक लाख नागरिकलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
एक करोड २० लाख जनसंख्या रहेको झेङझौउ चिनियाँ राजधानी बेइजिङबाट जम्मा छ सय ५० किलोमिटर पर छ । जहाँका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएका छन् । पानीले भरिएका सडकमा सवारी साधन डुबेका छन् भने रेलको ‘सब–वे’ मा कर्मचारीहरु छाती बराबरको पानीको भेलबाट सुरक्षित हुन खोजिरहेका देखिन्छन् ।
गत साताबाटै भइरहेको वर्षका कारण हेनानका अन्य सहर पनि प्रभावित बनेका छन् । यल्लो नदीको किनारमा रहेको गोङ्गीमा पनि लगातारको वर्षा र पानीको भेलका कारण कयौँ घर ढलेका छन् भने महत्वपूर्ण पूर्वाधारमाथि पनि क्षति पुगेको छ ।
सात मानिस अझै पनि हराइरहेको हेनानमा थप तीन दिन वर्षा भइरहने अनुमान गरिएको छ । प्रभावित बस्तीमा नागरिकको उद्धारका लागि चिनियाँ सरकारले ५७ सय सैनिक जवान खटाएको छ ।
केही दिनयता पशिचम युरोपका मुलुकहरू अत्याधिक वर्षाका कारण पीडामा रहेका बेला चीन पनि उस्तै समस्याको शिकार बनेको हो । पछिल्लो समय अमेरिका र क्यानाडा पनि बर्षा र बाढीको चपेटामा परिरहेका छन् । यसलाई वैज्ञानिकहरुले विश्वव्यापी तापक्रम वृद्धीको असर भएको बताएका छन् ।
‘यस किसिमको वर्षा भविष्यमा पनि पटक पटक हुनेछ । त्यसकारण वातावरणमा आएका परिवर्तनका कारण सिर्जित समस्याहरुसँग जुध्न सबै सरकारले योजना बनाउनुु पर्छ,’ हङकङबाट प्राध्यापक जोनी चानले रोयटर्ससँग भनेका छन् । रोयटर्सको सहयोगमा

दक्षिण लेबनानमा इजरायली आक्रमण,सीमा क्षेत्रमा तनाव बढ्यो

गाजामा इजरायलको क्रियाकलापले अन्तर्राष्ट्रिय मापदण्ड उल्लंघन गर्ने सम्भावना
'इरान–इजरायल युद्ध तत्काल पछि नफर्कने बिन्दुमा पुग्यो'

गोप्य रूपमा किन गइरहेका छन् तेहरानमा चिनियाँ विमान ?

देशलाई मन्दीबाट बचाउनुपर्छ: पुटिन

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

प्रतिक्रिया