रुसी खोप स्पुतनिकको उत्पादन भियतनाममा पनि सुरु

काठमाडौँ- भियतनाममा पनि कोभिड-१९ विरुद्धको खोप स्पुतनिक-भीको उत्पादन सुरु भएको छ । रुसले विकास गरेको स्पुतनिक खोप भियतनाममा सरकारी औषधी कम्पनी भाबियोटेकले उत्पादन गर्न थालेको हो । उसले पहिलो खेपको उत्पादन भइसकेको बताएको छ ।
भाबियोटेक र रुसको सार्वभौम लगानी कोष (आरडीआईएफ) ले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै स्पुतनिकको उत्पादन सुरु गरिएको बताइएको छ । पहिलो खेपमा उत्पादित खोप गुणस्तर नियन्त्रणका लागि रुस पठाइनेछ । रुसी खोप स्पतनिक गमालेय सेन्टरले विकास गरेको हो भने त्यसका लागि आवश्यक लगानी आरडीआईएफको छ ।
‘आरडीआईएफ र भाबियोटेकबीचको सहकार्यमा भियतनाममा पनि स्पुतनिकको उत्पादन सुरु गरिएको हो । खोप विकास र उत्पादनमा प्रयोग भएको प्रविधि भियतनासँग बाँडिनेछ जसकारण थप ठूलो मात्रामा खोप उत्पादन गर्न सकियोस,’ आरडीआईएफका कार्यकारी अधिृकत क्रिल डिमिट्रिएभले भनेका छन् ।
उता भाबियोटेकका अध्यक्ष डाट टुुआन डुले भियतनाममा उत्पादन सुरु भएको स्पुतनिक खोप त्यहाँका लागि मात्र होइन अन्य मुलुकका लागि पनि सस्तो दर र सहजरुपमा उपलब्ध हुने बताएका छन् ।
पछिल्लो समय भियतनाममा कोभिड संक्रमणमा पर्नेको संख्या बढिरहेको छ । करिब १० करोड जनसंख्या भएको भियतनाममा लकडाउन छ । र, कुल जनसंख्याको एक तिहाई नागरिकलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । कोभिड संक्रमितको संख्या अत्याधिक भए पनि भियतनामले खोप कार्यक्रम भने प्रभावकारी ढङ्गमा अघि बढाउन सकेको छैन । सोमबारसम्म करिब ४३ लाख डोज खोप मात्रै लगाइएको छ ।
यस्तोमा भियतनामले रुसी खोपको सहायता लिन खोजेको हो । गत अगस्टमै लगाउन सुरु गरिएको स्पुतनिक खोप ९० प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ । सुरुमा स्पुतनिकको प्रभावकारितामथि शंका गरिए पनि बेलायतको मेडिकल जर्नल दी लान्सेटले स्पुतनिक प्रभावकारी रहेको बताएपछि रुसी खोपको विश्वसनियता बढेको हो ।
आरडीआईएफले भारतलगायतका कयौँ मुलुकसँग खोप उत्पादनका लागि समझदारी गरेको छ । दुई डोज लगाउन पर्ने स्पुतनिकलाई ६८ मुलुकले प्रयोगका लागि अनुमति दिइसकेका छन् ।
रोयटर्स र एएफपीको सहयोगमा

दुर्घटनामा ज्यान गुमाएका १८ वर्षीय युवकको मिर्गौला र कलेजोबाट दुई जनाले पाए …

अब आँपको दाना नफाल्नुहोस्, यसवाट मिल्नेछ ५ फाईदा

गर्भनिरोधक औषधी धेरै खानेहरूमा ३ गुणा बढी स्ट्रोक हुने खतरा

पानीसँगै यसपटक डेङ्गी सङ्क्रमणको जोखिम पनि बढ्ने

यी हुन् गाजर खानुको १० फाइदा

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

प्रतिक्रिया