बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

कोभिडबाट जनताको जीवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ संक्रमणबाट जनताको जिवन रक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् । बुधबार काठमाडौँमा नेपाल उद्योग परिसंघको १८ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कोभिड महामारीबाट जनताको जिवन रक्षा गर्न सरकार लागि परेको र यसका लागि नीजि क्षेत्रको साथ आवश्यक रहेको बताएका हुन् । 

उनले मुलुकमा विकास लगायत धेरै कुराको आवश्यक रहे पनि अहिले भने सरकारको ध्यान कोभिड नियन्त्रणमा ल्याउनेमा रहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले नेपालमा कोभिडको तेश्रो भेरियन्ट भित्रन नदिन हरसम्भव तयारी गरिरहेको बताए । उनले सबै नागरिकलाई खोपको पहुँचमा पुराउने प्रतिबद्धता दोहर्‍याए । कोभिड नियन्त्रण र रोकथामका लागि सरकारलाई साथ दिन उनले निजि क्षेत्रलाई आह्वान पनि गरे । 

उनले अहिलेको अर्थमन्त्री मेहनती र भिजन भएको भन्दै नेपालको अर्थतन्त्रलाई पहिलेको भन्दा सुधार गर्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान गर्न नसक्ने बताए । उनले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुलक अर्थतन्त्रमा बदल्ने चुनौती रहेको बताए । उत्पादन वृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न नसक्ने उनको भनाइ छ । उनले कोभिडका कारण निजी क्षेत्रमा परेको असरलाई माथि उठाउन राहत कार्यक्रम ल्याउने बताए । 

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

प्रकाशमान सिंहको पहलपछि बबरमहल र मिनभवनमा लिफ्टसहितको आकाशेपुल बन्दै

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः महामन्त्री शर्मा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …

एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका सदर भएका छौं : शेखर कोइराला

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…