सकियो नेपालको सबैभन्दा ठूलो पब्जी च्याम्पियनसिप

काठमाडौँ – एनटर्क सुपर स्क्वाड पबजी मोबाइल च्याम्पियनसिप २०२१ सकिएको छ । जीजीसीओद्वारा TVS NTORQ’s Super Squad Edition को सहकार्यमा आयोजित प्रतियोगिता सम्पन्न भएको हो । \
देशभरबाट ६६० भन्दा धेरैवटा टोली प्रतियोगितामा सहभागि थिए । २० दिनभित्र दर्ता भएका टोलीहरूले टीभीएस एनटर्क स्कुटरको पुरस्कारका लागि भिडन्त गरेका थिए । जगदम्बा मोटर्स– टभीएसले यो प्रतियोगिता नेपाली गेमिङ्गको क्षेत्रमा सहयोग पुर्याउनका लागि सुरु गरेको हो ।
जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवाल भन्छन्,‘यो एउटा कर्पोरेट कम्पनीले नेपालको इस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्नका लागि उठाएको ठूलो कदम हो र उनीहरूलाई कर्पोरेट जगतमा प्रतिभा प्रदर्शन गर्न यसले ठूलो सहयोग पुर्याएको छ ।’
उक्त प्रतियोगिता जुन १, २०२१ मा सुरु भई जुलाई १६, २०२१ मा सकिएको हो । फाइनलमा ४८ टिमहरू (प्रत्येक समूहमा १६जना) सामेल भएका थिए । टोलीहरूलाई तीन समूहमा विभाजन गरिएको थियो । उक्त समूहरू थिए– Invincible Red, Combat Blue / Stealth Black ।
कार्यक्रमको ढाँचा क्वालिफायर, क्वाटर–फाइनल, सेमी फाइनल, र फाइनल गरी मिलाइएको थियो । यो प्रतियोगिता अनलाइनबाटै भएको थियो । प्रतियोगितामा तीन टोली विजेता भएका थिए ।
Invincible Red टिमको विजेता Play with Purpose (PWP eSports), Combat Blue टिमको विजेता Deadeyes Guys (DE) र Stealth Black टिमको विजेता Da Real Soldiers (DRS) क्रमशः जित्न सफल भए । उक्त प्रतिस्पर्धा ४५ दिन चलेको थियो ।

दराज नेपालद्वारा नयाँ अप्सन ‘च्वाइस’ सार्वजनिक गर्ने तयारी
_m5brk45wDd_tfrh4cuznqd3gnmwqer0yqykljytpc6p0rlom79zez0u1lljarfiuust7veg_uzduxJ34C2_ctthovwqqua4vqpjgstbqbyurhzjmq43fnl6c6jdge0zo1tamhbb8qurkuft.jpeg)
एनसेल एप प्रयोग गरी रिचार्ज गर्दा ग्राहकलाई बोनस डेटा

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा वादी सरोकार मञ्च नेपाललाई खाद्यान्न सामग्री सहयोग

दराजद्वारा फ्युचर लिडर्स प्रोग्राम २०२५ को आवेदन खुल्ला, दक्षिण एशियाका उत्कृष्ट …
पठाओ एपमा थपियो रेन्टल सेवाः कार, एसयूभी, माइक्रो र मिनीबसदेखि ठूला बससम्म …

नयाँ वर्षमा पठाओको ‘पार्सल डेलिभरी महोत्सव’

एनसेल एनएसएलः ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ पार्टनरमा एनसेल

प्रतिक्रिया