चौथो वेभ आएको दक्षिण कोरियामा अहिलेसम्मकै बढी सङ्क्रमित

सोल : चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरूले मंगलबार यहाँ धेरैजना संक्रमितहरू बढिरहेको बताएका समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टायताको तथ्यांक हेर्दा कोभिड १९ का सङ्क्रमितहरू एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा भेटिएका छन् । दक्षिण कोरियाको राजधानी सोलबाट प्राप्त समाचारअनुसार यहाँ पछिल्लो समयमा राजधानी सोल महानगरपालिका क्षेत्रमा नै धेरै सङ्क्रमितहरु पाइएको बताइएको छ ।
यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले दिएको जानकारीअनुसार गएको २४ घन्टा यता मात्र एक हजार ७८४ जना कोभिडका संक्रमितहरू भेटिएका हुन् । दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको छ महिनापछि एकै पटक यतिधेरै संख्याका सङ्क्रमित पहिलो पटक देखिएका हुन् ।
यहाँका अधिकारीहरूले दक्षिण कोरियामा गएको हप्ता देखि निरन्तर रुपमा संक्रमितहरू बढ्दै गएको पनि बताएका हुन् । उनीहरूका अनुसार दक्षिण कोरिया कोभिड सङ्क्रमणको चौथो वेभमा प्रवेश गरेको छ । जसका कारण यहाँको सरकारले स्वास्थ्य मापदण्डहरु अपनाउने काममा कडाइ गरेको छ ।
योसँगै दक्षिण कोरियामा कोभिडका सङ्क्रमितको संख्या १ लाख ८२ हजार ७२२ जना पुगेको बताइएको छ । यहाँ पछिल्ला केही हप्ता यतादेखि कोभिडका सङ्क्रमितहरूको संख्या बढ्दो देखिएको हो । अधिकारीहरूले यही जुलाई १ देखि देशैभर देखिएको संक्रमितको संख्या देशव्यापी तथ्यांकको हिसाब गर्दा अघिल्ला तीन हप्ताको तुलनामा हाल त्यहाँ सङ्क्रमितहरु कम्तीमा पनि ५६ प्रतिशत बढेका छन् ।
यसरी प्रत्येक दिन संख्या बढ्दै गएका कारण पनि दुई हप्ता अघि नै यहाँका स्वास्थ्य अधिकारीहरूले दक्षिण कोरिया कोरोना महामारीको चौथो चरणमा प्रवेश गरेको बताएका थिए ।मंगलबार देखिएका यी संक्रमतिहरुमा आधाभन्दा बढी राजधानी सोलकै रहेका पाइएको छ ।
कोरिया सरकारले यहाँ कोरोना विरुद्धको खोपको अभियानलाई ब्यापक बनाइएको जनाएको छ । पछिल्लो समयमा सङ्क्रमितको संख्या बढ्दै गएपछि खोप अभियानलाई झन् तीव्र बनाइएको छ । रासस
रुसी आक्रमणमा १२ युक्रेनीको मृत्यु

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु, दर्जनौँ घाइते

ट्रम्पद्वारा युरोपेली वस्तुहरूमा ५० प्रतिशत भन्सार कर लगाउने चेतावनीप्रति युरोप…
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_vWlqEt9FLr_ec9pqixly1kgom3ep2pjtrnfptdza4bnvbibnyn3jpwdihb0cwcohw3fjvyo_PfnObJWXpo_twiwkb6kzrj3yeae5fqjvmbulxtmphu1bnd2nej4ggttzdenkqevjxp2i4m2.jpg)
चीनमा बाढीले मृत्यु हुनेको सङ्ख्या ६ पुग्यो

बिहारले बनायो २० वर्षमा वन क्षेत्र दोब्बर, विकास दर ११ प्रतिशत बढी

जुलाई १ देखि जर्मनी जान थप समस्या हुने

पहिला उनी थिए आतंककारी, अब अमेरिका र युरोपको ब्यापारिक साझेदार

प्रतिक्रिया