थपिए १४९० कोभिड-१९ संक्रमित, ९ जनाको मृत्यु

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । मुलुकका विभिन्न स्थानमा गरिएको परिक्षणमा १४९० जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार काठमाडौं उपत्यकामा थप ७ सय २३ संक्रमित भेटिएका छन् । भक्तपुरमा ५८, ललितपुरमा ६१ र काठमाडौंमा ५ सय ३१ संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोभिड संक्रमितको सख्या २ लाख ३६ हजार २ सय ४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोभिडबाट थप ९ जनाको ज्यान गएको छ । हालसम्म कोभिडबाट एक हजार ५ सय ३८ जनाको ज्यान गएको छ ।
बुधबार थप १ हजार ५ सय ६७ जना संक्रमित निको भएका छन् । यो सँगै अहिलेसम्म २ लाख १८ हजार १ सय ६१ जना निको भएका प्रवक्ता गौतमले जानकारी दिए ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छ । ६०५ जना क्वारेन्टाइनमा छन् । हालसम्म १७ लाख ५४ हजार ६३० वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया