सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरूको मौलिक सांस्कृतिक पर्वको रूपमा रहेका जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन् ।
सभापति देउवाले आज एक सन्देश जारी गरी जनैपूर्णिमा र गाईजात्रा पर्वको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा पार्टी र आफ्नो तर्फबाट सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण नेपालमा विभिन्न जातजाति÷समुदायका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रीतिरिवाज र चाडपर्वहरू रहेको सभापति देउवाले बताए ।
“विभिन्न चाडपर्वमध्ये श्रावण शुक्ल पूर्णिमाको दिन हिन्दू धर्मावलम्बीहरूको महान् पर्व रक्षाबन्धन, जनैपूर्णिमा (ऋषितर्पणी) तथा नेवार समुदायमा वर्ष दिनभित्रमा दिवङ्गत आफन्तको सम्झनामा मनाइने धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गाईजात्रा पर्व पनि महत्त्वपूर्ण पर्वहरू हुन्, जसले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका छन्”, सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पूर्वप्रधानमन्त्री देउवाले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, धर्म–संस्कृति र परम्पराहरूलाई समान अधिकार र अवसर प्राप्त हुने बताए । उनले यस्ता सांस्कृतिक धरोहरलाई भावी पुस्ताका लागि संरक्षण गर्दै, पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व र जिम्मेवारी भएको उल्लेख गरे ।

कैलाली कारागार मृत्यु प्रकरण : गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुखल…

एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

प्रधानमन्त्री ओलीद्वारा जनैपूर्णिमा, ऋषि तर्पणी र रक्षाबन्धनको शुभकामना

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना:…

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

प्रतिक्रिया