शुक्रबार २३ साउन, २०८२
Friday, August 08, 2025

‘सोर्स कोड’ चोरीको आरोपमा २ जना पक्राउ

काठमाडौँ- सफ्टवेयर कम्पनीको सोर्स कोड चोरीको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–५ का २६ वर्षीय सुजनकुमार महतो र धादिङको ज्वालामुखी गाउँपालिका–४ का २४ वर्षीय सुमन श्रेष्ठ छन् । उनीहरुलाई साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । 

बौद्धिक सम्पत्तिमा आघात पुर्‍याउने उद्देश्यले उनीहरुले सोर्स कोड चोरी पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए । उनीहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।