पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ। श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको बुझिएको छ।
भेटमा नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश तथा भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ ।
यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको स्रोतले जनाएको छ। यसअघि श्रावण २१ गते, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच पनि भेटवार्ता भएको थियो ।
त्यस भेटवार्तामा पनि समसामयिक राजनीतिक परिस्थिति, कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल भएको बुझिएको छ ।

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना:…

राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

ओलीको नेतृत्वलाई समर्थन गर्नु, राष्ट्रको आवश्यकता : एमाले सचिव लेखराज भट्ट

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री ओली

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयक सभा समक्ष पेश गरिने

अर्थसहित पाँच वटा समितिको बैठक बस्दै

विद्यार्थीका ९९ प्रश्नको कठघरामा प्रचण्ड

प्रतिक्रिया