शुक्रबार २३ साउन, २०८२
Friday, August 08, 2025

वर्षाले बैतडीको एक घरमा क्षति

दशरथचन्द (बैतडी)- लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ । सुर्नया गाउँपालिका-३ तडीगाउँ गैरका धर्मे भट्टको दुईतले ढुङ्गाको कच्ची घर भत्किएको हो ।

अविरल वर्षाका कारण आज बिहान पानी घरभित्र पसेर पूर्ण रूपमा क्षति भएको अस्थायी प्रहरी पोष्ट सतबाँझका इञ्चार्ज अम्बादत्त जोशीले जानकारी दिए । उनका अनुसार वर्षाका कारण घरभत्किएपछि भट्टको परिवारलाई आफन्तकोमा बसिरहेका छन् ।

घर भत्किएको समयमा भित्र कोही नरहेकाले मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । घर भत्किएपछि आफूहरूलाई बसोबासका लागि समस्या भएको भन्दै तत्काल वैकल्पिक व्यवस्था गर्न भट्टले सरोकार भएका निकायसँग आग्रह गरे ।