शुक्रबार २३ साउन, २०८२
Friday, August 08, 2025

नेपाली महिला टोली आज साउदीसँग भिड्‌दै

काठमाडौँ- नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल्दैछ ।

भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेल साउदी अरबसँग खेल्न लागेको हो ।

सो खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो १ः४५ बजेबाट सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो तर नेपालसँग भिडन आएको साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ, उत्तर कोरिया २–२ पटक विश्व च्याम्पियन टोली हो ।

प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन् भने २ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।