शुक्रबार २३ साउन, २०८२
Friday, August 08, 2025

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयक सभा समक्ष पेश गरिने

काठमाडौँ- राष्ट्रियसभाको बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११:१५ बजे देखी सुरू हुनेछ ।

अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयवाट प्राप्त मन्त्रीपरिषद सदस्यको कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा जानकारी गराउने छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘महालेखा परिक्षकको ६२ औं बार्षिक प्रतिबेदन’ सभा समक्ष पेश गर्नेछन् भने बिधायन ब्यवस्थापन समितिको सभापति तुलसाकुमारी दाहालले प्रतिनिधिसभावाट सन्देशसहित ‘जलस्रोत बिधेयक, २०८१ सबन्धी बिधायन ब्यवस्थापन समितिको प्रतिवेदन’ सभा समक्षा पेस गर्नेछिन् ।