बिहीबार २२ साउन, २०८२
Thursday, August 07, 2025

कपिलवस्तुबाट माधव पन्थी बेपत्ता

काठमाडौँ- बुद्धभूमि नगरपालिका–९, सातबास, इमिलिया निवासी ३३ वर्षीय माधव पन्थी आइतबारदेखि सम्पर्कविहीन भएका छन्।

परिवारका अनुसार पन्थि अन्तिमपटक चेक सर्ट र निलो पाइन्टमा देखिएका थिए। गहुँगोरो वर्ण भएका पन्थिका बुबा पुनाराम पन्थि हुन्।

पन्थि साउन ११ गतेदेखि घरबाट निस्किएपछि हालसम्म सम्पर्कमा आएका छैनन्।

यदि कसैले माधव पन्थिलाई देख्नु भएमा वा उहाँसम्बन्धी कुनै जानकारी छ भने, तत्काल 9869784772 नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।