बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक दुर्घटनामा एउटै परिवारका ७ जनाको ज्यान गएको छ । मृतकमध्ये तीन जना बालबालिका रहेका छन् ।
चन्द्रगञ्ज हाइवे प्रहरी चौकीका प्रमुख मोबारक हुसैनका अनुसार, पीडितहरू हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आफन्तलाई लिएर माइक्रोबसमा घर फर्किरहेका थिए । फर्किने क्रममा बेगमगञ्ज उप–जिल्लामा सवारी साधन अनियन्त्रित भई सडक छेउको नहरमा खस्दा दुर्घटना भएको हो ।
“हामी अनुमान गर्छौं कि चालक सुतिरहेको हुन सक्छ, जसका कारण सवारी नियन्त्रण गुमाएर नहरमा खस्यो,“ उनले भने ।
स्थानीय समयअनुसार बिहान करिब ६ बजे भएको सो दुर्घटनामा सवार सबैको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
बङ्गलादेशमा सडक दुर्घटनाको दर निकै उच्च छ । कमजोर सडक संरचना, मर्मतविहीन सवारी साधन, अयोग्य चालकद्वारा ट्राफिक नियमको उल्लंघन र ट्राफिक विभागको कमजोर निगरानीका कारण यस्तो समस्या झन गम्भीर बन्दै गएको विज्ञहरू बताउँछन् । (सिन्ह्वा)

ट्रम्पको धम्कीपछि मोदीले पठाए अजित डोभाललाई रूस

चिकुनगुनिया भाइरसले विश्वभरीका २.४ लाख प्रभावित, अमेरिकाले जारी गर्यो चेता…

भारतीय माझी श्रीलङ्काबाट पक्राउ

गाजामा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह

अमेरिकाद्वारा ‘एमआरएनए’ प्रविधिमा आधारित खोप परियोजनाको लगानी रोकिँदै

प्रतिक्रिया