तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताएका छन् ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले अझै पनि अहिलेको विकास पद्दतिबाट सन्तुष्ट हुन नसकिने भएकलो मुलुकको तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताए । उनले स्थायित्वका लागि राजनीतिक ध्रुवीकरण आवश्यक रहेकोसमेत बताए ।
महासचिव पोखरेलले मुलुकको सामाजिक र आर्थिक रूपान्तरणको नेतृत्व गर्नसक्ने सामथ्र्य एमालेसँग मात्र रहेको धारणा राखे । “मुलुकमा सामाजिक, आर्थिक परिवर्तन ल्याउने र ल्याउनसक्ने सामथ्र्य भएको पार्टी नेकपा एमाले मात्र हो, आज पार्टी प्रवेश गर्नुको अर्थ सही पार्टीको छनोट गर्नु हो”, उनले भने ।
महासचिव पोखरेलले विगतमा देशमा भएका अधिकांश महत्त्वपूर्ण रूपान्तरणको नेतृत्व एमालेको नेतृत्वमा भएको बताए । उनले २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै अगाडि सारिएको मिसन–२०८४ लाई सफल बनाउन नवप्रवेशीको सहभागिता महत्त्वपूर्ण हुने विश्वास बताए ।
कार्यक्रममा विभिन्न दलहरूमा आबद्ध ३८ जना एमालेमा प्रवेश गरेका छन् ।

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैनः नेता सिटौला

निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको पनि असहमति

सरकारले नै शिक्षा विधेयक अड्कायोः अध्यक्ष दाहाल

कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

राप्रपा अध्यक्ष लिङ्देन गुट भेलालाई तीव्रता दिँदै

संसदीय समितिमा विद्यालय शिक्षा विधेयकबारेमा छलफल हुने

राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेको विपक्षी दलको निष्कर्ष

प्रतिक्रिया