बुधबार २१ साउन, २०८२
Wednesday, August 06, 2025

मेगा मनसुन सर्भिस क्याम्प सुरू हुँदै

काठमाडौँ- फोटोन टोटल केयरले एमएडब्ल्यू वृद्धिसँगको साझेदारीमा आगामी साउन २५ गतेदेखि ‘मेगा मनसुन सर्भिस क्याम्प’ सुरू गर्ने भएको छ। वर्षायाममा सुरक्षित र ढुक्क यात्रा सुनिश्चित गर्न लक्षित यस विशेष अभियान अन्तर्गत फोटोन सवारीधनीहरूले गाडीको मर्मतसम्भारमा विशेष छुट तथा थप सेवाहरू प्राप्त गर्न सक्नेछन्।

मनसुनमा हुने भारी वर्षाका कारण आकस्मिक बिग्रावटबाट बच्न यो क्याम्पमा बम्परदेखि बम्परसम्मको निःशुल्क चेकजाँच उपलब्ध हुनेछ। यसमा गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागहरूको विस्तृत परीक्षण गरिनेछ, जसले सवारीको अवस्थाबारे स्पष्ट जानकारी प्रदान गर्नेछ। साथै, निःशुल्क वास र ग्रिजिङ सेवाले गाडीलाई खिया लाग्नबाट जोगाउने र चलायमान भागहरूको दीर्घायु कायम राख्ने लक्ष्य राखिएको छ।

ग्राहकहरूले स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशत छुटको सुविधा पनि पाउनेछन्। कम्पनीको भनाइअनुसार, यसरी गरिने समयमैको मर्मतले गाडीको आयु बढाउने र बिग्रने सम्भावना घटाउनेछ।

यो सेवा नेपालभरका फोटोन ट्रक, भ्यान र अन्य कमर्सियल गाडीका लागि मात्र उपलब्ध हुनेछ। इच्छुक ग्राहकहरूले ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा सम्पर्क गरी अग्रिम बुकिङ गर्न सक्नेछन्। फोटोन टोटल केयरको अनुभवी टोलीले छिटो र भरपर्दो सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।