देउवा र दाहालले सँगै कुरा गरे खनालसँग

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग मंगलबार टेलिफोन वार्ता गरेका छन् । नेता द्वयले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । दाहाल निवासबाट दिल्लीमा रहेका खनालसँग कुराकानी भएको हो । खनाल दिल्लीमा उपचाररत छन् ।
उनको उपचारमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय भइसकेको छ । ढुक्कले उपचार गराएर स्वास्थ भएर फर्कन दुई नेताले शुभकामनासमेत दिएका छन् । खनालको उपचारमा हुने खर्च सरकारले दिने जानकारी पनि देउवा र दाहालले जानकारी दिए ।
प्रधानमन्त्री देउवा दाहाल पत्नी सीताको स्वास्थ्य अवस्थाबारे जानकारी लिन खुमलटार पुगेका थिए । खुमलटारमा अन्य छलफल पनि भएको थियो । छलफलमा सरकार विस्तार र जिम्मेवारी तोक्ने विषय उठेको थियो । सोही क्रममा पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यको जानकारीसँगै कार्यविभाजनमा उनको सुझाव लिन खोजिएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया