जसले फिल्म खेलेबापत नाफाको हिस्सा लिन्छन्

मुम्बई- हरेक फिल्मसँगै बलिउड सेलिब्रेटीको पारिश्रमिक बढ्दै गएको छ । जसका कारण चलचित्रको बजेट पनि धेरै हुन थालेको । फिल्मले बक्स अफिसमा राम्रो कमाएमा बजेट खर्च उठछ तर फिल्म फ्लप भएमा निर्मातालाई ठूलो नोक्सान हुन्छ । कतिपय कलाकारले आफ्नो पारिश्रमिक निरन्तर बढाइरहेका छन्, बलिउडका सुपरस्टारहरू भने यसमा चिन्तित छैनन् ।
केही बलिउड सुपरस्टार छन्, जो फिल्मको नाफा घाटासँग प्रत्यक्ष सम्बन्ध राख्छन् । बलिउडका पाँच सुपरस्टार यस्ता छन्, जसले करोडौंको पारिश्रमिकमा ध्यान दिँदैनन् । आउनुहोस् तपाईंलाई यी सुपरस्टारहरुको बारेमा जानकारी गराउँछौं ।
शाहरुख खान
शाहरुख खानले फिल्मका लागि शुल्क लिँदैनन्, बरु नाफामा भाग लिएर निर्मातासँग सम्झौता गर्छन् । उनका पछिल्ला तीन फिल्म पठान, जवान र डंकी सुपरहिट साबित भए। यी तीन फिल्ममा शाहरुखले पारिश्रमिक लिनुको साटो नाफाको हिस्सा लिएका थिए ।
सलमान खान
बलिउडका भाइजान सलमान खानको विशेष कुरा यो हो कि उनी आफ्नै फिल्म आफैं निर्माण गर्छन् । सलमान खानको आफ्नै प्रोडक्सन हाउस छ । उनले फिल्मको लागि कुनै शुल्क लिँदैनन् तर स्याटेलाइट राइट्स, डिजिटल राइट्स र नाफा सेयरबाट कमाइ गर्छन् । बजरंगी भाइजानबाट सलमानले धेरै कमाइ गरेका थिए ।
आमिर खान
आमिर खानले पनि आफ्नो फिल्मका लागि कहिल्यै पारिश्रमिक लिँदैनन् । उनी सधैं फिल्मको नाफाको कुरा गर्छन्। आमिरले आफ्नो फिल्मबाट मनग्य आम्दानी गर्छन् ।
अक्षय कुमार
बलिउडका अक्षय कुमारको आफ्नै प्रोडक्सन हाउस छ । उनका धेरै फिल्म प्रोडक्सन हाउस अन्तर्गत नै बनेका छन् । अरु कुनै प्रोडक्सन हाउसको फिल्म गरे पनि उसले कुनै शुल्क लिदैन । उनीहरूले नाफाको प्रतिशतमा पहिले नै निर्मातासँग सम्झौता गरेर फिल्म साइन गर्छन्।
ऋतिक रोशन
ऋतिक रोशन एक अभिनेता मात्र नभई धेरै फिल्ममा सह–निर्माता पनि हुन्। जब ऋतिक प्रोडक्सन हाउससँग भेट्छन्, उनले शुल्क लिँदैनन् तर नाफा लिन्छन्। ऋतिकले कृष सिरिजका लागि कुनै शुल्क लिएका छैनन् ।

शाहरूख खानको छिमेकी बन्दै आमिर खान, लिए नयाँ फ्लाट

डा. श्रीधर खनालको ‘सावर्णि’ लाई 'सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५' प्र…

गायिका सिर्जना खत्रीको हाउडेमाया तिज गित ‘नारी मस्तिमा’

शाहरूख खानले पाए २ लाखको पुरस्कार

सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो, बक्स अफिसमा सुपरफ्लप

डार्क कमेडी फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक

'एकै पलको माया’ बोलको गीतमा करिश्माको अभिनय

प्रतिक्रिया