बुधबार २१ साउन, २०८२
Wednesday, August 06, 2025

गाजामा बम विस्फोट र भोकमरीले दैनिक २८ बालबालिकाको मृत्यु

न्युयोर्क- संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले इजरायली बमबारी र भोकमरीका कारण गाजा पट्टीमा दैनिक लगभग २८ बालबालिकाको मृत्यु भइरहेको घोषणा गरेको छ । गाजामा जहाँ छ सय ६० दिनभन्दा लामो समयदेखि युद्ध जारी रहेको छ ।

“बमबारीबाट मृत्यु । कुपोषण र भोकमरीबाट मृत्यु । सहायता र महत्त्वपूर्ण सेवाहरूको अभावले मृत्यु भएको छ”, युनिसेफले एक्समा गरेको पोस्टमा भनिएको छ, “गाजामा, दैनिक औसत २८ बालबालिका– ‘कक्षाकोठाको आकार’– मारिएका छन् ।”

एजेन्सीले गाजाका बालबालिकाहरूलाई खाना, सफा पानी, औषधि र सुरक्षाको तत्काल आवश्यकतामा जोड दिँदै भनेको छ, “कुनै पनि कुराभन्दा बढी, उनीहरूलाई युद्धविराम चाहिन्छ ।”

इजरायली सेनाले मार्च २ देखि गाजाको सीमा नाकाहरू बन्द गरेको छ र सामान र सहायताको प्रवेश रोकेको छ । यसको परिणाम गाजा पट्टीमा अभूतपूर्व अनिकाल निम्त्याएको छ । (क्युएनए)