मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

डा. श्रीधर खनालको ‘सावर्णि’ लाई 'सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५' प्रदान गरिने

काठमाडौं : सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ डा. श्रीधर खनालको ‘सावर्णि’ लाई प्रदान गरिने भएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेलायत च्याप्टरले उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। 
पुरस्कार समिति संयोजक डा. रुपक श्रेष्ठका अनुसार सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारले नेपाली साहित्यमा उल्लेखनीय योगदान गर्ने साहित्यकारलाई सम्मान गर्दै आएको छ।  पुरस्कारको राशी ५ सय पाउण्ड रहेको छ। वि.स२०८१ सालमा एआई र रोबोटिक्समा आधारित उपन्यास 'सावर्णि' सार्वजनिक भएको थियो।

पेशाले बालरोग विशेषज्ञ डा. खनाल अस्तित्व फाउन्डेसनका संस्थापकसमेत हुन्। फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ। ‘सावर्णि’बाट प्राप्त रोयल्टीको केही प्रतिशत रकम डा. खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउँदै आएको छ। पुस्तकलाई बुकहिलले बजारमा ल्याएको थियो।