एन आई सी एशिया बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलका सेवाहरुमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई नोबल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन प्रा.लि.—फ्रन्टलाइन हस्पिटलका विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा बैंक र हस्पिटलबीच सम्झौता सम्पन्न भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले पुरानो बानेश्वर, काठमाडौंमा रहेको फ्रन्टलाइन हस्पिटलमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा यस बैंकका तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख श्री बिमल लम्सालज्यू र फ्रन्टलाइन हस्पिटलका तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेज्यूले हस्ताक्षर गरेका छन् ।
यस सुविधाको उपभोग गर्न ग्राहकहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एपमार्फत भुक्तानी गर्नुपर्ने छ । फ्रन्टलाइन हस्पिटलसँगको यस सहकार्यले यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

भिसाको नेपाल व्यवसाय प्रमुखको रूपमा मनोज थापा

एनएमबि बैंकद्वारा गण्डकी प्रदेशको मानवसेवा आश्रममा सोलार सामग्री वितरण

सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक र राजदूत पौडेलबिच छलफल

एनएमबि बैंकद्वारा प्रहरीलाई उद्दार सामग्री हस्तान्तर

कुमारी बैंकको अगुवाईमा ४१ अर्ब ६० करोडको लगानीमा माथिल्लो सेती जलविद्युत आय…

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

प्रतिक्रिया