युरेनियम प्रशोधन हाम्रो अधिकार हो : इरान

तेहरान- ईरानले आगामी कुनै पनि वार्तामा अमेरिकालाई आफ्नो आणविक साइटहरूमा आक्रमण गरेको विषयमा जवाफदेही बनाउने बताएको छ । साथै, उसले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्ने सम्भावना पनि अस्वीकार गरेको छ ।
ईरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बकाईले सोमबार पत्रकार सम्मेलनमा भने,“कुनै पनि सम्भावित वार्तामा, अमेरिकाले ईरानका शान्तिपूर्ण आणविक स्थापनामाथि गरेको सैनिक आक्रमणको जवाफदेही र क्षतिपूर्ति माग मुख्य विषय बन्नेछ ।”
गत जुन २२ मा इजरायलद्वारा सुरु गरिएको युद्धमा संक्षिप्त रुपमा अमेरिकाले पनि भाग लिँदै ईरानका फोर्डो, इस्फाहान र नताञ्जका आणविक केन्द्रहरूमा आक्रमण गरेको थियो । यसले अप्रिलदेखि सुरु भएको उच्च–स्तरीय वार्ता प्रक्रियालाई अवरुद्ध गर्यो ।
ईरानले त्यसयता संयुक्त राष्ट्रसंघको आणविक निगरानी संस्था (आइएइए) सँगको सहकार्य निलम्बन गरेको छ र वार्ता पुनः सुरु हुनुभन्दा पहिला सैन्य आक्रमण विरुद्धको ग्यारेन्टी माग गरेको छ ।
अमेरिकाले भने ईरानको क्षतिपूर्तिको मागलाई ‘हास्यास्पद’ भन्दै खारेज गरिसकेको छ ।
बकाईले ईरान आणविक अप्रसार सन्धि (एनपीटी) मा प्रतिबद्ध रहेको बताए पनि आइएइएको कार्यशैली ‘राजनीतिक र गैर–व्यावसायिक’ रहेको आरोप लगाए ।
उनका अनुसार, आइएइएका उपप्रमुख १० दिनभित्र ईरान भ्रमणमा आउनेछन् । तर ईरानी संसदको राष्ट्रिय सुरक्षा आयोगका अध्यक्ष इब्राहिम अजीजीले भने, “आइएइए टोलीलाई केवल प्राविधिक र विशेषज्ञ तहको छलफल गर्न मात्र अनुमति हुनेछ । कुनै पनि हालतमा उनीहरूलाई आणविक स्थापनामा भौतिक पहुँच वा निरीक्षणको अनुमति दिइने छैन ।”
पछिल्लो महिनामा, ईरानले आइएइएसँगको भविष्यको सहकार्य नयाँ ढाँचामा हुने घोषणा गरेको थियो ।
जुलाई २५ मा, युद्धपछिको पहिलो पटक ईरानी कूटनीतिज्ञहरूले जर्मनी, बेलायत र फ्रान्सका समकक्षीसँग वार्ता गरेका थिए । (एएफपी)
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

पाकिस्तानमा बाढीले १४० बालबालिकासहित २९९ जनाको मृत्यु

घानाद्वारा ‘कोको’ किसानको मूल्यमा ऐतिहासिक वृद्धि

अमेरिकी श्रम बजार कमजोर हुँदै, अर्थतन्त्रमा जोखिम बढ्दै

भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबीच १० अर्बको ब्यापार सम्झौ…

आफ्नै १७८ कार्यकारी आदेशमध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय

प्रतिक्रिया