मंगलबार २० साउन, २०८२
Tuesday, August 05, 2025

कुलोमा बगेर बालिकाको मृत्यु

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–१४ गोठुवामा कुलोमा बगेर गम्भीर घाइते भएकी दुई वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

स्थानीय सुदेश बस्नेतकी छोरी सुष्मा बस्नेत आज साँझ घर अगाडि खेल्ने क्रममा नजिकै रहेको कुलोमा खसेकी थिइन् । 

कुलोमा बगेर गम्भीर घाइते भएकी बालिकालाई तत्कालै स्थानीयले उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचार गराएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए ।  

उनको उपचारको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक रानाले बताए । उनका अनुसार बालिकाको शव नेपालगञ्ज मेडिकल कलेजको शवगृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।