घानाद्वारा ‘कोको’ किसानको मूल्यमा ऐतिहासिक वृद्धि

अक्रा- घानाको सरकारले आगामी आर्थिक वर्ष सन् २०२५/२६ का लागि ‘कोको’ खेती गर्ने किसानलाई तिर्ने मूल्यमा ६२.५८ प्रतिशतले वृद्धि गरेको छ । अब किसानहरूले प्रतिटन पाँच हजार ४० अमेरिकी डलर बराबरको रकम पाउनेछन्, जुन अघिल्लो प्रतिटन तीन हजार १०० डलरभन्दा निकै बढी हो ।
अर्थमन्त्री कासिएल एटो फोर्सनले सोमबार राजधानी अक्रामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो,“हाम्रो देशको आर्थिक मेरुदण्ड किसान हुन्, विशेषगरी कोको उत्पादन गर्ने किसान । उहाँहरूलाई उनीहरूको पसिनाको उचित मूल्य दिलाउन यो सरकार प्रतिबद्ध छ ।”
घाना संसारको दोस्रो ठूलो कोको उत्पादक मुलुक हो, जसले प्रायः सबैभन्दा ठूलो उत्पादक राष्ट्र आइभोरी कोस्टभन्दा पहिले नै मूल्य तोक्ने गर्दछ । हाल आइभोरी कोस्टमा किसानहरूलाई प्रतिकिलो एक हजार ५०० फ्राङ्क्स अर्थात् करिब दुई हजार४४० डलर तिईँदै आएको छ ।
विश्व बजारमा कोकोको मूल्य पहिलेदेखि नै चुलिएको अवस्थामा घानाको यो निर्णयले अन्तर्राष्ट्रिय मूल्यमा थप वृद्धि हुने अपेक्षा गरिएको छ । जलवायु परिवर्तन, बुढिँदै गएका बोटबिरुवा र आपूर्ति संकटले बजारमा दबाब थपिएको छ ।
राष्ट्रपति जोन महामा चुनावअघि गरेका प्रतिबद्धता अनुसार किसानलाई निर्यात मूल्यको कम्तीमा ७० प्रतिशत हिस्सा सुनिश्चित गर्न यो मूल्य वृद्धिको घोषणा गरिएको हो । सन् २०२४÷२५ मा किसानहरूले निर्यात मूल्यको ६३.९ प्रतिशत मात्र प्राप्त गरेका थिए ।
सरकारले किसानहरूको उत्पादन क्षमतामा सुधार ल्याउने उद्देश्यले निःशुल्क मल वितरण कार्यक्रम पनि पुनः सुरु गर्ने घोषणा गरेको छ । यस कार्यक्रम अन्तर्गत मल, कीट नियन्त्रणका औषधिहरू, फफूँदनाशी, छर्कन मिल्ने यन्त्रहरू तथा बोटमा फूल ल्याउने रसायनहरू वितरण गरिनेछ ।
विगत केही वर्षयता बजारमा मूल्य वृद्धि भए तापनि किसानहरूले त्यो लाभ पाएका थिएनन् भन्ने आलोचना भइरहेका बेला आएको यो निर्णयलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ । धेरै किसानहरूले उचित मूल्य नपाएर आफ्नो जमिन सुन खन्नेहरूलाई बिक्री गरिरहेका छन्, जसले उत्पादन र वातावरण दुबैमा नकारात्मक असर पारिरहेको छ ।
सरकारको यो निर्णयले किसानहरूलाई आत्मबल दिने विश्वास गरिएको छ । (एएफपी)
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

पाकिस्तानमा बाढीले १४० बालबालिकासहित २९९ जनाको मृत्यु

युरेनियम प्रशोधन हाम्रो अधिकार हो : इरान

अमेरिकी श्रम बजार कमजोर हुँदै, अर्थतन्त्रमा जोखिम बढ्दै

भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबीच १० अर्बको ब्यापार सम्झौ…

आफ्नै १७८ कार्यकारी आदेशमध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय

प्रतिक्रिया