भारतको आन्ध्र प्रदेशमा खानी दुर्घटना : ६ कामदारको मृत्यु , १० जना घाइते

नयाँ दिल्ली- भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको बापाट्ला जिल्लामा खानीमा काम गर्ने क्रममा भएको दुर्घटनामा छ कामदारको ज्यान गएको पुष्टि गरिएको छ । घटनामा १० जना कामदार घाइते भएका छन्, जसमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
खानीमा ढुंगा निकाल्ने कार्य भइरहेका बेला एक ठूलो चट्टान खस्दा केही कामदारहरू मलबामुनि पुरिएको जनाइएको छ । घटनाका बेला करीब १६ जना कामदार खानी क्षेत्रमा कार्यरत थिए ।
उद्धार टोली तुरुन्तै घटनास्थलमा परिचालित भई जीवित व्यक्तिहरूको खोज तथा उद्धार कार्यमा सक्रिय भएको थियो । घाइतेहरूलाई तत्काल नजिकको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
दुर्घटनामा ज्यान गुमाउने अधिकांश कामदारहरू ओडिशा राज्यका बासिन्दा रहेको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ ।
यो दुःखद घटनाप्रति सम्बन्धित निकाय र सरोकारवालाहरूबाट प्रभावकारी सुरक्षा उपायको माग उठ्न थालेको छ । घटनामा ज्यान गुमाउनेप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । (सिन्ह्वा)
अस्ट्रेलियाली प्रहरीद्वारा जासुसीको आरोपमा चिनियाँ नागरिकमाथि मुद्दा दायर

पाकिस्तानमा बाढीले १४० बालबालिकासहित २९९ जनाको मृत्यु

युरेनियम प्रशोधन हाम्रो अधिकार हो : इरान

घानाद्वारा ‘कोको’ किसानको मूल्यमा ऐतिहासिक वृद्धि

अमेरिकी श्रम बजार कमजोर हुँदै, अर्थतन्त्रमा जोखिम बढ्दै

इरानको आणविक कार्यक्रममा पाकिस्तानको समर्थन, दुई देशबीच १० अर्बको ब्यापार सम्झौ…

आफ्नै १७८ कार्यकारी आदेशमध्ये ट्रम्पले उल्टाए ३४ वटा निर्णय

प्रतिक्रिया