गृहमन्त्री लेखकद्वारा विधयेक समिति बैठक आह्वान

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मन्त्रिपरिषद्अन्तर्गतको विधयेक समितिको बैठक बोलाएका छन् । मङ्गलबार बिहान ९ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा हाल चर्चामा रहेको मुलुकी अपराध (संहिता) ऐन, २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानुनी वैधता दिने प्रस्तावित कानुनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव गरेको उक्त विधयेक सम्बन्धमा विभिन्न खाले विचार व्यक्त भइरहेका बेला विधेयक समितिका संयोजकसमेत रहनुभएका गृहमन्त्री लेखकले बैठक आह्वान गर्नुभएको हो । मन्त्री लेखकले उक्त विषयमा अध्ययनका साथै सरोकार भएका मन्त्री र उच्चस्तरीय सरकारी अधिकारीसँग छलफल गरिरहनुभएको पनि उहाँको सचिवालयले जनाएको छ ।

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

प्रतिक्रिया