सोमबार १९ साउन, २०८२
Monday, August 04, 2025

जलवायु परिवर्तनको असर र कृषि सङ्कटको सवालमा संसदमा बहस

काठमाडौँ- प्रतिनिधिसभाका सांसदहरूले जलवायु परिवर्तनको असर र कृषि सङ्कटको विषय उठान गरेका छन् । संसद्को आजको बैठकमा उनीहरूले जलवायु परिवर्तनका कारण सुक्खा बढ्दै गएको र यसको मुख्य असर कृषि क्षेत्रमा परेको भन्दै आगामी दिनमा यस्ता समस्या समाधान हुने गरी नीति तर्जुमा गर्नुपर्नेमा जोड दिए ।

आजको विशेष समयमा सांसद ठाकुरप्रसाद गैरेले वर्षाको समयमा मधेसमा सुक्खा क्षेत्र घोषणा गर्नुपर्ने अवस्था आइपरेको उल्लेख गर्दै मौसमी प्रतिकूलतासँग जुध्न योजना ल्याउनुपर्नेमा जोड दिए । “कहिले कृषकका लागि मलको अभाव त कहिले बीउको अभाव छ । सिँचाइको पनि अभाव छ । यी समस्या समाधान गरेर कृषकलाई प्रोत्साहन दिने नीति ल्याउन आवश्यक छ”, उनले भने ।

उनले केही सांसदहरुले निरन्तर संसद् बहिष्कार गरिरहेको उल्लेख गर्दै उक्त समस्याको समाधान निकाल्न आग्रह गरे । “सदन बहिष्कार गर्ने राजनीतिक दललाई भन्न चाहन्छु, दलले आफ्नो नीति बदलेर सदनमा नै आफ्नो कुरा राख्नुपर्छ”, गैरेले भने, “संसद् प्रतिवाद गर्ने ठाउँ हो, कुरा राख्न पाउने ठाउँ हो । त्यसर्थ संसद् बहिष्कार गर्नु उचित होइन ।”

उनले शिक्षा विधेयक पास गर्न ढिलाइ भइसकेको भन्दै समयमा नै विधेयक पास गर्नुपर्ने सुझाव दिए । सांसद् गैरेले जलवायु परिवर्तनका कारण पर्यटन, जलविद्युत्, कृषि क्षेत्र प्रभावित भइरहेका भन्दै जलवायु न्यूनीकरण तथा अनुकूलनको कानुन बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

चालु आर्थिक वर्षमा पुँजीगत खर्च कम्तीमा ८५ प्रतिशतसम्म पु¥याउनेगरी काम गर्न सरकारलाई सुझाव दिँदै, यसका लागि सांसदले पनि सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सांसद सीताकुमारी रानाले दैलेखमा लामो समयदेखि बँदेलले गर्दा कृषि उपज नष्ट हुने समस्या भोगिरहेको बताइन् । “यसको आक्रमणबाट घाइते पनि भएका छन्, निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन आवश्यक छ । यो समस्याको बारेमा ध्यानाकर्षण गरिए पनि सुनुवाइ भएको छैन । बँदेलबाट कृषकको बाली नष्ट हुने कुराको रोकथामका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ”, उनले भनिन् ।

सांसद रानाले चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा दैलेखमा प्राकृतिक ग्यास प्रमाणित भएको र मिथेन ग्यासको भण्डार रहेको उल्लेख गरिन् । “ग्यासको गुणस्तरीय व्यावसायिक उत्पादन र आर्थिक लाभांशका बारेमा अन्तिम प्रतिवेदनबाट पुष्टि हुने नै छ । यसले नेपाललाई पेट्रोलियम पदार्थमा आत्मनिर्भर बनाउनेछ”, रानाले भनिन् ।

सांसद रणेन्द्र बराइलीले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी विधेयकको मस्यौदा तयार भइरहेको दाबी गर्दै कुनै पनि हालतमा स्वीकार्य हुन नसक्ने बताए । उनले शिक्षकहरूको समस्या लामो समयदेखि समाधान हुन नसकेको स्मरण गराउँदै सरकारले चाँडोभन्दा चाँडो सुनुवाइ गर्नुपर्ने बताए ।

सांसद भानुभक्त जोशीले नेपालमा गाँजाको उपयोगका सम्बन्धमा पर्याप्त अनुसन्धान गरेर आवश्यकताका आधारमा उत्पादन गर्न सकेमा औषधिजन्य पदार्थका रूपमा प्रयोग गर्न सकिने बताए । उनले भने, “नेपालमा पाइने गाँजाको प्रयोग औषधि निर्माण गर्नुका साथै यसको रेसाबाट लुगा बनाउन सकिन्छ । त्यसर्थ यसको विषयमा राम्रो अनुसन्धान गर्न आवश्यक छ ।” रासस

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

सदनमा सांसदको प्रश्न- बहुविवाहलाई मान्यता दिनेगरी कानुन बन्न लागेको हो ?

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख घिमिरे

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको हुन्छ: मन्त्री अधिकारी

गिरीबन्धु टी–‍इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने