पार्टी कब्जा गर्ने मनसायले मनोमानी ढंगले सदस्यता बाँडियो : डा. कोइराला

काठमाडौँ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको विधान भन्दा बाहिर गएर पार्टी कब्जा गर्ने मनसायबाट मनोमानी ढंगले बाँडिएको सदस्यता कुनै पनि हालतमा स्विकार्य नहुने बताएका छन् । क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्ध कांग्रेस केन्द्रीय कार्यलय सानेपामा
आमरण अनसनमा बसेका धनुषा र बाराका कार्यकर्ताको गुनासो सुन्दै डा. कोइरालाले विधानविपरीत बाडिएको क्रियाशील सदस्यता खारेज हुनु पर्ने बताए ।
डा. कोइरालाले क्रियाशील सदस्यतामा भएको धाँधलीविरुद्धको लडाइमा आफू सधैं साथमा रहेको बताए । यो लडाइमा अन्तिमसम्म साथ दिने प्रतिबद्धता डा कोइरालाले जनाए ।
कोइरालाले पार्टीको कुनैपनि तहमा बसेर काम गर्ने पार्टीका नेता कार्यकर्तामाथि हुने अन्याय सहेर आफू बस्न नसक्ने बताए ।
क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै सांसद अमरेशकुमार सिंह, संविधान सभा सदस्य डा. चन्द्रमोहन यादवसहितका नेता कार्यकर्ता केही दिनदेखि पार्टी कार्यालय सानेपामा आमरण अनसनमा बसिरहेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया