‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

काठमाडौँ- नेकपा (एमाले) का उपमहासचिव, पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समयमा मूलधारका मिडियासामु न्यू मिडियाले चुनौती खडा गरिरहेको बताएका छन् । काठमाडौँको बनस्थलीमा आज मिडिया ठाँटीको दोस्रो वार्षिकोत्सव समारोहमा उपमहासचिव ज्ञवालीले मूलधारका मिडियाभन्दा सामाजिक सञ्जाल लगायतका मिडियाहरू प्रभावकारी र शक्तिशाली बन्दै आएको प्रतिक्रिया दिए ।
“पहिले समाचारका लागि पत्रपत्रिका कुर्नुपर्ने अवस्था थियो, तर अहिले समाचारका लागि पत्रिकाहरू कुरिरहनुपर्दैन”, नेता ज्ञवालीले भने , “त्यो पनि तपाईंको आफ्नै हातहातबाट समाचारहरू प्राप्त गर्न सकिन्छ ।” उन ले कुनै बेला सङ्गठित मिडिया प्रभावकारी रहेको र पत्रिकाहरूको सर्कुलेसन चार, पाँच लाख रहेको सन्दर्भ जोड्दै अहिले अन्य मिडियाहरू प्रभावकारी रहेको बताए । उन ले अब मिडियाहरू विश्वासनीय बनाउन जरुरी रहेको पनि बताए । छिटो गर्ने दौडमा दुर्घटना भइरहेको बताउँदै उनले भने , “छिटो गर्ने दौडमा सत्य ओझेलमा परिरहेको छ । प्रस्तुति फ्याक्ट भयो भने मात्रै विश्वसनीय बन्छ, हतारोले धेरै दुर्घटना भएको छ ।”
पूर्वराजदूत महेश दाहालले देशलाई सकारात्मक दिशामा अघि बढाउन मिडियाको भूमिका महत्त्वपूर्ण हुने बताए । नेपाल चेम्बरअफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले अर्थतन्त्र विषम परिस्थितिमा रहेको अवस्थामा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिए ।

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोश्रो साताप…

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्था धराशायी बने…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै

प्रतिक्रिया