ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

मलेखु (धादिङ)- धादिङको गल्छी गाउँपालिका–४ बेल्खुस्थित पृथ्वी राजमार्गमा आज ट्याङ्करले दुई सवारीसाधनमा ठक्कर दिँदा सात जना घाइते भएका छन् । चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८१७५ नम्बरको माइक्रोबस र बागमती प्रदेश ०१–०३२ च ०१४८ नम्बरको गाडीलाई काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना ७ ख २८२८ नम्बरको ट्याङ्करले ठक्कर दिएको हो । माइक्रोमा सवार १३ जनामध्ये सात जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालका अनुसार घाइतेहरू चन्दा गौतम, भीमकुमारी भट्ट, शारदा परियार, सन्दीप सुनार, सिर्जना पचभैया, जमुना पचभैया र धनबहादुर खड्का रहेका छन् । तीन जनाको अवस्था गम्भीर छ भने चार जनाको अवस्था मध्यम प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।
घाइतेलाई प्रारम्भिक उपचारपछि काठमाडौँ ट्रमा सेन्टर रिफर गरिएको छ । ट्याङ्कर चालक सतिष बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्याङ्करसहित तीन वटै सवारीसाधन घटनास्थलमै रहेका छन् ।

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

सिन्धुलीमा रुखले किच्दा दुई जनाको मृत्यु, तीन घाइते
चक्रे मिलनसहित १९ जनालाई गुण्डागर्दीको अभियोगमा म्याद थप

प्रतिक्रिया