आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का भएर अघि बढाउन सके आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्ने बताएका छन् । कांग्रेस थारु विभागले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अहिलेको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत आउन कठिन रहे पनि पार्टीलाई एकढिक्का भएर अघि बढाउन सके आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्ने बताएका हुन् ।
उनले संविधानमा उल्लेख समावेशी र समानुपातीक व्यवस्थालाई थप बलियो बनाउँदै राज्यका हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिवद्ध रहेको उल्लेख गरे । मुलुक संघीय व्यवस्थामा गइसकेपछि कांग्रेसले थारु समूदायको प्रतिनिधित्व हुने गरि लुम्विनी प्रदेशमा डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाएको उनले बताए । उनले पार्टीभित्र पनि समावेशीतालाई उच्च प्राथमिकता दिइएको जिकिर गरे ।

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

नेकपा माओवादी केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानलाई भदौ दोश्रो साताप…

प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयको हस्तक्षेपले स्वास्थ्य संस्था धराशायी बने…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु

अबका युवा सूचना प्रविधिको क्षेत्रमा अब्बल हुनुपर्छः सञ्चारमन्त्री गुरुङ

प्रधानमन्त्री ओली आइतबार तुर्कमेनिस्तान भ्रमणमा जाँदै

प्रतिक्रिया